कथा 1 👇👇👇👇👇

ढुकुर र बूढो रुखको मार्मिक कथा
एउटा नदीको किनारमा दुईवटा रुख थिए। एउटा रुख अलि बुढो अनि कमजोर अर्को रुख अलि बलियो हट्टाकट्टा थियो। एकसाझ त्यहीँ बाटो हुँदै एउटी चरी आफ्नो दुई बचेराको साथ उड्दै आइपुगी अनि पहिलो बुढो कमजोर रुखसंग आग्रह गरी मौसम खराब छ चाडै बर्षात हुनेवाला छ के तिमी मलाई तिम्रो हाँगामा सानो गुँड बनाएर बस्न दिन्छौ? रुखले जवाफ दियो नाइ म तिमीलाई मेरो हाँगामा गुँड बनाएर बस्न दिन असमर्थ छु आफ्नो लागि तिमी अरुनै रुख खोज ।

चरी फेरि आफ्नो दुई बच्चाको साथ अर्को रुखमा पुगी र भनी बर्षात हुनेवाला छ मसंग मेरा साना साना दुई बचेरा छन् के तिमी हामीलाई आफ्नो रुखको एउटा हाँगामा शरण दिन्छौ?

दोश्रो रुखले तुरुन्तै आफ्नो हाँगामा गुँड बनाएर बस्न स्वीकृति दियो चरीले घन्टौ मेहेनत गरेर सानो गुँड बनाएर बास बसी। त्यसरात भयङ्कर ठूलो बर्षात भयो बिहानी पख त्यो बुढो रुख बर्षातले ल्याएको पहिरो खप्न सकेन र ढल्यो रुख खोलामा बग्न थाल्यो त्यो देखेर चरीले भनी जब म मेरा बच्चा सहित हिजोराती तिम्रो रुखमा शरण माग्न आएको थिए। तिमीले घमन्डका साथ इन्कार गर्यो। हामी निर्दोस चरामाथि अन्याय गर्यो। तिमीले अहिले त्यसकै परिणाम भोग्दै छौ तिम्रो घमन्डको सजाय अहिले भोग्दैछौ तिमीले जरै समेत उखेलिएर बग्नु पर्यो रुखले मुस्कुराउदै चरीलाइ जवाफ दियो, "मलाई यो कुरा थाहा थियो म बुढो भैसकेको थिए मेरा जराहरु एकदमै कमजोर भैसकेका थिए म राम्ररी जान्दथे यो पल्टको बर्षात मैले थेग्न सक्दिन म तिमी अनि तिम्रा ती साना साना बच्चाहरुको जिन्दगी खतरामा पार्न चाहन्नथे। मैले तिमीलाई मेरो हाँगामा शरण नदिनुको कारण यहि थियो। अझैपनि मैले तिमीलाई शरण नदिएर गल्ती गरे जस्तो लाग्छ भने मलाई माफ गर। यति भन्दै रुख खोला सङग बगेर गयो।" त्यसैले कसैको इन्कारलाई सधैं उसको कठोरता मात्र नसम्झौ। "के थाहा उसको त्यहीँ इन्कारमा पो तपाईंको भलाइ छ की ? को कुन परिस्थितिमा हुन्छन् हामीले बुझ्न सक्दैनौं तर बुझ्ने प्रयास भने अबस्य गर्न सक्छौं।"